११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरान खानेपानी आयोजनामा लापारवाही



४ वैशाख, इटहरी ।
धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ ।

धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ महिना अघि सम्पन्न भइसक्नुपर्ने सो आयोजना म्याद गुज्रिसक्दा पनि पुरा गरिएको छैन ।

स्थानीय तहको निर्वाचन अघिसम्म सन्तोषजनक ढंगले निर्माण कार्य भइरहे पनि जनप्रतिनिधि निर्वाचित भई आएपछि आयोजनाका पदाधिकारीले अनुगमन समितिलाई नै बेवास्ता गरेको उनको आरोप थियो ।

जनप्रतिनिधिले कार्यभार सम्हालेलगत्तै बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरी धेरै पछि अनुगमन समितिका सल्लाहकारलाई मात्र बोलाएर न्यून उपस्थिति भयो भन्दै बैठक स्थगित गरेको र त्यसपछि कुनै पहल नगरेको समेत संयोजक गोलेले गुनासो गरे ।

एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल १ करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य २०७२ साउनदेखि शुरु भई २०७४ साउनमा सम्पन्न गर्ने गरी ठेकेदार टियानजिन तुन्दी जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो ।
रासस

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार ००:००