१ वैशाख, मुगु । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आइपुगेका थिए । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो । रासस
प्रतिक्रिया