२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्यः मन्त्री पण्डित

लेखक स्थानीय खबर ३० चैत्र २०७४, शुक्रबार १ मिनेट पढाइ

३० चैत, नुवाकोट ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताएका छन् ।

जिल्ला समन्वय समिति नुवाकोटमा आयोजित कार्यालय प्रमुख र निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारी अभावले सरकार सञ्चालनमा कठिनाइ भएकाले चाँडै समस्या समाधान गरिने बताएका हुन् ।

“कर्मचारीलाई कुन ठाँउमा जान चाहेको हो, त्यसको आधारमा उनीहरुको रोजाइमा पन्ध्र दिनभित्रै पठाउन लागिरहेका छौँ” उनले भने, “सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँको लागि बिदा गरिनेछ ।”

“कर्मचारी र जनप्रतिनिधिलाई विशिष्ट कूटनीतिक भ्रमणबाहेक बाँकी सबै भ्रमण रोकेका छौँ” उनले भने, ‘‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बाहनामा अब विदेश जान पाउँदैन ।”
रासस

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।