२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको अरुण गाउँपालिकामा स्वास्थ्य भवन निर्माण

लेखक स्थानीय खबर २९ चैत्र २०७४, बिहिबार १ मिनेट पढाइ

२९ चैत, भोजपुर ।
पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकुमा ३ करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

भोजपुरको पूर्वी अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका सदस्य सुदन किरातीले बुधबार उद्घाटन गरे ।

भवन नेपाल सरकारको आर्थिक सहयोग तथा शहरी विकास भवन निर्माण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । २ तले भवनमा १६ वडा कोठा रहेका छन् ।

चारवर्ष अघि निर्माण शुरु गरिएको भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।