२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन मन्त्रालयको निर्देशन

लेखक स्थानीय खबर २६ चैत्र २०७४, सोमबार १ मिनेट पढाइ

२६ चैत, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ ।

स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ८५ ९३० १ मा स्थानीय तहमा कार्यरत कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिने व्यवस्था रहेको छ ।

यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा प्राथमिकता दिइने पनि विज्ञप्तिमा भनिएको छ । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ ९१० अनुसार समन्वय समितिको सम्पूर्ण स्थायी कर्मचारी स्वतः स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ ।

यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दूरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितिले बुझाउनु पर्नेछ ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।