२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमका कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

लेखक स्थानीय खबर २६ चैत्र २०७४, सोमबार १ मिनेट पढाइ

२६ चैत, तेह्रथुम ।
जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ ।

कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले आठराई गाउँपालिकालाई सो क्षेत्रमा रहेको सेवा केन्द्र र सम्पूर्ण जिन्सी सम्पत्ति, कर्मचारी र सेवा प्रवाहको व्यवस्था गर्न औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको बताए ।

जिल्ला कृषि विकास कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र छथर गाउँपालिकामा रहेको कृषि सेवा केन्द्र हस्तान्तरण गरिसकेको छ । जिल्लामा ६ वटा कृषि सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र रहेका थिए ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।