१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका मन्त्रीसंग अन्तरक्रिया गर्ने



२३ चैत, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसंग अन्तरक्रिया गर्ने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौंमा अन्तरक्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसंग अन्तरक्रिया गर्न पत्र पठाएको छ ।

मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ । मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अन्तरक्रियामा आगामी बजेटमा स्वास्थ्य सम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिए ।

उनले भने, “हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तरक्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्ने लगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ ।”

कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००