६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ करोडको लागतमा खानेपानी आयोजना निर्माण सुरू



२२ चैत, म्याग्दी । बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब तीन करोड रुपैयाँमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गर्न लागेको छ । आयोजनाका लागी २ करोड ७४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उपभोक्ता समितिका सचिव बिद्धिबहादुर चोखालले जानकारी दिए । आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २ सय ५३ घरधुरी लाभान्वित हुने उनले जानकारी दिए ।

नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । २ लाख ७४ हजार रुपैयाँ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले ५२ लाख १७ हजार रुपैयाँ बराबरको श्रमदान गर्नुपर्नेछ ।

सरकारले २ करोड १९ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ । काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०/२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने उनले बताए ।

चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार ००:००