३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रर्बद्धन गर्न साइकल यात्रा



माघ १९, बाँके । पश्चिम नेपालमा पहिलो पटक ‘साइकल यात्रा’ शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा– २०७५’ नाम राखिएको साइकल यात्रा शुक्रबार सुरू गरिएको हो ।

साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा ७७ वटै जिल्ला घुमेका साइकलयात्री तेजप्रसाद पराजुली, मेची– महाकाली साइकलयात्री रेशम केसी, झापाका ओम बानियाँ, एउटा खुट्टाले कैलालीदेखि रारासम्मको यात्रा गरेका प्यारा साइक्लिष्ट यामलाल रसाइली, काठमाडौँका प्यारा साइक्लिष्ट युवक लामा, सबैभन्दा वृद्ध अष्ट्रेलियन साइक्लिष्ट निल, चार महिलासहित ४२ जना सहभागी छन् ।

सद्भाव डटकम टुर दी ठाकुरद्धाराका कार्यक्रम संयोजक सतिष निरौलाका अनुसार साइकल यात्राका क्रममा पर्यापर्यटन मञ्चले ठाकुरद्धारा, डल्ला होमस्टे, ठाकुरबाबा मन्दिरलगायत पर्यटकीयस्थलबारे साइकलयात्रीलाई जानकारी गराउने छन् । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले यो यात्रा धेरै आवश्यक रहेको निरौलाले बताए ।

“साइक्लिङबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश पनि दिने यो कार्यक्रमको अर्को उद्देश्य हो”, उनले भने ।

नेपालगञ्जको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरबाट शुरु भएको साइकल यात्रा शुक्रबार पहिलो दिन कोहलपुर, बर्दियाको बाँसगढी, भुरीगाउँ हुँदै ठाकुरद्वारा पुगेको थियो । रासस

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार ००:००