५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण



बेनी (म्याग्दी), २७ चैत । दैनिक दर्जनौं सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।

जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापसंगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला दुर्घटना हुनसक्ने त्रास बढेको छ ।

पुलको बीच र आसपासमा प्वाल परेको र मर्मतका लागि सडक विभाग समेत बेखवर भएको स्थानीय अमृतमान शेरचनले बताए ।

पुलमा परेको प्वालमा ठूला सवारीसाधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसी बताउछन् ।

नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो ।
यसैगरी म्याग्दी र मुस्ताङ खण्डमा रहेका अन्य चारवटा पुलको समेत मर्मत हुन सकेको छैन । रासस

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार ००:००