१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ करोड १७ लाखमा ग्रामीण सडक



२२ चैत, रामपुर । जिल्लाकै विकट मानिएको निस्दी गाउँपालिकाको हात्ती भन्ज्याङ—लिन्दी मोटरबाटो निर्माण सम्पन्न भएको छ । पूर्वी पाल्पाकै चासोको विषय बनेको यस सडक निर्माण कार्य सकिएपछि यहाँका स्थानीयवासीमा खुशी छाएको छ ।

निस्दी गाउँपालिकाको ५५ लाख रुपैयाँ, निर्वाचन क्षेत्र विकास कोषको ४२ लाख रुपैयाँ, साविक जिल्ला विकास समितिको ५ लाख रुपैयाँ र स्थानीयवासीको १५ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट सडक निर्माण भएको हो । मोटरबाटो निर्माण भए पछि दुर्गम क्षेत्रमा यातायात पहुँच पुगेको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताए ।

२०७२ देखि काम शुरु गरेर हाल नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम सकिएपछि यातायातका साधन नियमित सञ्चालन हुन थालेको उनले बताए । रामपुर बजारदेखि गाउँसम्म नियमित सडक सञ्चालन गर्न ३ सय स्थानीयवासीले जनश्रमदान गरेका छन् ।

सहलकोट, मित्याल, झिरुवास हँुदै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि यहाँका स्थानीयवासीलाई तराई क्षेत्रसम्म आवतजावत गर्न सजिलो भएको छ । यसरी सिधै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि छोटो दूरीमा गन्तव्यसम्म पुग्न पाइने भएपछि यहाँका स्थानीयवासी निकै हर्षित भएको प्रेम बाकाबलले बताए ।

रामपुर बजारदेखि गाउँसम्म नियमित यातायता सञ्चालन नहुँदा गाउँघरमा उत्पादित तरकारी, फलफूल, गेडागुडी बजारसम्म बिक्री गर्न सकेको थिएन । रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार ००:००