६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्मामा जन्मेका कुमार कार्कीद्धारा धुर्मुस–सुन्तली ५ लाख आर्थिक सहयोग



स्थानीय खबर, काठमाडौ । अन्तराष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुुस शुन्तली फाउन्डेसनलाई थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५लाख नगर सहयोग दिएका छन् । बर्मामा जन्मेर थाइल्याण्डका बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फवाट फाउन्डेसनलाई सहयोग गरेका हुन् ।

रंगशाला संगै नमुना नेपाल नामक पुर्ननिर्माणको परियोजनालाई सहयोग पु¥याउन कार्कीले रकम सहयोग गरेका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले उक्त रकम फाउन्डेसनलाई रकम हस्तान्तरण गरेका हुन् । रंगशालाको जग्गा खोजिको क्रममा धुर्मुस सुन्तली उपत्यका बाहिर रहेका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

बर्मामा जन्मे पनि नेपाललाई पितृभुमि मान्दै आएका कार्कीले यसअघि पनि २०७२ वैशाख १२ गते गएको महाभुकम्पपछि राहत वितरणका साथै नेपालमा नमुना बस्ती निर्माण गरेका थिए । सिन्धुपाल्चोकको विकट माझी मस्तीमा कार्कीको नेतृत्वका भुकम्प पछिको पहिलो माझी बस्ती निर्माण भएको थियो । नेपालको पुर्ननिर्माणका सहयोग गर्न पाउँदा आफूलाई आत्म सन्तुष्टी मिल्ने सहयोग रकम हस्तान्तरण कार्यक्रमका कार्कीले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ००:००