१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघमा पद हस्तान्तरण



२० चैत, काठमाडौं ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका नवनिर्वाचित अध्यक्षमा होमनारायण श्रेष्ठलाई पद हस्तान्तरण गरिएको छ । अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष घनश्याम खतिवडाले यहाँ आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई जनताको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संविधानको दिएको अधिकार अनुसार गाउँपालिकाले सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

कर्मचारीको अभावले आफूहरु सोचेअनुसार काम गर्न नसकेको बताउँदै उनले कर्मचारी व्यवस्थापन हुनसाथ सेवाग्राही सोचेजस्तो काम गर्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खतिवडा र संस्थापक अध्यक्ष नारायण कोइरालाले गाउँपालिकाले संविधानले दिएको अधिकारलाई स्थापित गराउनका लागि केन्द्र सरकारसंग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

महासंघको सोमबार भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहितको ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । महासंघको महासचिवमा वंशलाल तामाङ, कोषाध्यक्षमा दीलमाया बुढामगर लगायत रहेका छन् । मुलुकमा ४६० गाउँपालिका रहेका छन् ।
रासस

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार ००:००