२५ जेष्ठ २०८०, बिहिबार | Fri Jun 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत



१५ चैत, काठमाडौं ।
सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह ९७५३ र जिसस ७७० मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दी सम्बन्धी प्रस्ताव पारित गरेको छ । सोअनुसार केन्द्रमा रहँदै आएको तीन हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी २ हजार ६५४ कायम गरिएको छ ।

केन्द्रमा रहने मन्त्रालयमा रहेका कर्मचारीको हालको संख्या र कायम गरिएको दरबन्दी–

क्र.स मन्त्रालय हालको दरबन्दी कायम गरिएको दरबन्दी
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९८ — २३२
२. अर्थ २४० — १८६
३. उद्योग, वाणिज्य तथा आपूर्ति २२७ — १५२
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ ११२ — ११७
५. कानून, न्याय तथा संसदीय ममिला १०४— १०४
५. कृषि, भूमि व्यवस्था तथा सहकारी ३३५ — १७९
७. गृह ३०७ — २२६
८. परराष्ट्र १४१ — १४१
९. भौतिक पूर्वाधार तथा यातायात १०६ — ९४
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ८० — ८६
११. रक्षा ९८ — ९८
१२. वन तथा वातावरण १६१ — १३०
१३. शहरी विकास १०२ — ७७
१४. शिक्षा, विज्ञान तथा प्रविधि २२६ — १८७
१५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा ६७ — ७२
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १०६ — ८४
१७. संघीय मामिला तथा सामान्य प्रशासन ३३१ — १७४
१८. सञ्चार तथा सूचना प्रविधि ७५ — ८५
१९. स्वास्थ्य १११ — १०६
२०. खानेपानी ७७ — ६८
२१. युवा तथा खेलकुद ६६ — ५६
कुल ३,२६० — २,६५४

सरकारले स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारले स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानून बनाएर पठाउने निर्णय पनि गरेको छ ।

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रम अन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापन अन्तर्गत सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने ६८ करोड ६० लाख स्वीकार गर्ने निर्णय गरेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्याण्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ । सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००