२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज



१४ चैत, नवलपरासी ।
पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।

हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।

प्रशासनिक काम, किनमेल र उपचारका लागि कावासोती आउनुपर्ने पहाडी भेगका स्थानीयवासीले आधा घण्टाको दूरीका लागि वर्षायाममा पहाडी भेगका स्थानीयवासीले डेढ घण्टा खर्चनु पर्ने अवस्था थियो ।

पुल बनेपछि उच्च शिक्षाका लागि बजार आउन र अन्य प्रशासनिक कामका लागि समेत सहज भएको हुप्सेकोट ४ का टेकबहादुर मगरले जानकारी दिए ।

पुल नहुँदा वर्षायाममा बजारसँग पहाडी भेगको सम्पर्क नै टुट्ने गर्थ्यो । स्थानीय विकास मन्त्रालयअन्तर्गत कृषि सडक आयोजनाको ८५ लाखको लागतमा पुल निर्माण भएको हो ।
रासस

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ००:००