१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो



१३ चैत, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएका मध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो ।

रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराए ।

यसअघि ती गाउँपालिकामा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्भाल्दै आएका थिए । गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछाम लगायतका रहेका छन् ।

उनका अनुसार खटाइएका कर्मचारी मन्त्रालयबाट पत्र लिई भोलिदेखि नै सम्बन्धित स्थानीय तहमा जाने छन् । शाखा अधिकृत थापाका अनुसार अझै ४० गाउँपालिकामा निमित्तले प्रशासकीय प्रमुखको काम चलाइरहेका छन् ।

मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । अपुग स्थानमा थप कर्मचारीलाई विस्तारै पठाइने छ । मन्त्रालयले कर्मचारी समायोजन नहुँदा सम्मका लागि आन्तरिक व्यवस्थापनका लागि कर्मचारी स्थानीय तहमा खटाएको हो ।
रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००