२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुटिया–दिपायल द्रुत मार्ग केन्द्रीय योजनामा समावेश गर्न पहल



१२ चैत, कैलाली ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले ल्याउने बजेटमा खुटिया स्याउले– दिपायल द्रुत मार्गलाई राष्ट्रिय गौरबको योजनामा समावेश गर्न पहल भइरहेको बताएका छन् ।

धनगढी–स्याउले– दिपायल सडक संघर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री भट्टले २०६६ सालदेखि शुरु भएको खुटिया दिपायल दु्रतमार्ग डोटी जिल्ला विकास समितिबाट पहिलो प्राथमिकतामा राख्ने व्यक्ति आफू नै भएको उल्लेख गरे ।

संघर्ष समितिले मुख्यमन्त्री भट्टलाई बुझाएको ज्ञापनपत्रमा धनगढी– स्याउले– खुटिया सडक स्तरोन्नतिका लागि पटक पटक पहल गर्दा आश्वासनमा मात्र सीमित रहेको, एकले अर्को निकायलाई देखाई आफ्नो जिम्मेवारीबाट पन्छने गरेको, काममा कुनै प्रगति नभएको, सडक बिग्रँदै गई दुर्घटनाको जोखिम बढेकाले यथाशीघ्र स्तरोन्नति प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००