११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा १२ मा स्वास्थ्य चौकीको भवनका लागि जग्गा उपलब्ध



१२ चैत, बनेपा– काभ्रे ।
बनेपा नगरपालिका १२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि १ रोपनी चार आना जग्गादान गरेका छन् ।

स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब ५० लाख रहेको छ । उनीहरुले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गरेका हुन् ।

उनीहरुले दान गरेको जग्गामा नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण एवं उपकरणको सहयोग गरिदिएको छ ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जय थापाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठलाई नवनिर्मित सो भवनको साँचो हालै हस्तान्तरण गरे । भवन हन्तान्तरण समारोहमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाई सहित मेयर श्रेष्ठ र अध्यक्ष थापाले जग्गादाताद्वयलाई विशेष सम्मान गरेका थिए ।

सम्मानित जगन्नाथ केसीले मानवीय सेवाको सर्वोच्च संस्थामार्फत मानवीय सेवाका लागि जग्गादान गर्नपाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्नभन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राखे ।

महेन्द्रज्योति स्वास्थ्य चौकीका प्रमुख सिनियरअहेव राजेन्द्र फैजुले भवन अपांङ, महिलामैत्री बनेकामा खुशी व्यक्त गर्दै छिट्टै चौकीले प्रयोगशाला, बर्थिङ र टेन्टल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००