११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनुमन्ते खोलाबाट ६ गाडी फोहोर संकलन



१० चैत, भक्तपुर । हनुमन्ते नदी सफाइबाट ६ गाडी फोहोर संकलन गरिएको छ छ । नदी सफाईको चौथो हप्ताका अबसरमा हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ नारासहित सरसफाइमा लागेका छन् ।

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नदी सफाइ अभियानका प्रमुख अतिथि धुर्मुसले नेपाल र नेपाली जनता आफ्नो देश निर्माणमा सक्षम रहेको बताए । साथै आफ्नो समय र परिस्थितिले साथ दिएमा प्रत्येक हप्ता हनुमन्ते नदी सफाइ अभियानमा संलग्न हुने प्रतिवद्धता जनाए ।

बाराही मन्दिरदेखि राम मन्दिरसम्म भएको सफाइ अभियानमा आज छ गाडी फोहोर संकलन गरिएको छ । १ सय हप्ता चल्ने यो अभियानमा नदी मात्र नभई सम्पूर्ण भक्तपुर जिल्लालाई नै सफा र सुन्दर बनाउने बताइएको छ ।

अभियानमा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख तथा आयोजक कमिटिका संयोजक वासुदेव थापा, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार ००:००