१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन स्वास्थ्यचौकी भवन स्थानीय तहलार्इ हस्तान्तरण



१० चैत, धुलिखेल ।
नेपाल रेडक्रस सोसाइटीको समन्वय र कोरियाली रेडक्रसको आर्थिक सहयोगमा बनेका तीन स्वास्थ्य संस्थाको भवन शुक्रबार हस्तान्तरण गरिएको छ ।

रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सञ्जीव थापाले स्थानीय तहलाई भवन हस्तान्तरण गर्दै विसं २०७२ को भूकम्पपछि ती स्वास्थ्य संस्था निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गर्न सफल भएको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले स्वास्थ्य संस्थाबाट दिने सेवा नियमित चलिरहेको छ र त्यसको रेखदेख लगायत काम अब स्थानीय तहले गर्नुपर्ने बताए । कोरियाली रेडक्रसका लागि नेपाल निर्देशक सनी किमले नेपालमा कोरियाली रेडक्रसले स्वयंसेवक परिचालन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बताए ।

रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले भवन नेपाल सरकारले स्वीकृत गरेका डिजाइनमा प्रि फेब्रिकेटेड प्रविधिमा आधारित भएर बनाइएको बताए । रेडक्रस सोसाइटीले धुलिखेल नगरपालिका–२ रविओपीमा नागर्जुन बाइसधारा जेवीसंग ठेक्का सम्झौता गरी निर्माण गरेको भवनमा कर्मचारीको आवाससहित नौ कोठा, दुईकोठे शौचालय र उपकरणसहित छन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य चौकीमा धुलिखेल नगरपालिका–२ को रविओपी स्वास्थ्य चौकी, बनेपा नगरपालिका–१२ को महेन्द्रज्योति स्वास्थ्य चौकी र पनौती नगरपालिका–१ ¥यालेको स्वास्थ्य चौकी भवन छन् । रेडक्रसले जिल्लामा १२ स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने जिम्मा पाएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले ४३ स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पु¥याएकामा ६ स्वास्थ्य संस्थाका लागि जग्गा उपलब्ध नभएको र ३७ स्वास्थ्य सस्ंथाको भवन भने केही निर्माण भइसकेको तथा केही निर्माणाधीन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद चौरासियाले बताए ।

रेडक्रस सोसाइटीले १२ वटा बनाउने जिम्मा लिएकामा तीन वटा हस्तान्तरण भइसकेको, युनिसेफ नेपालले १० वटा बनाउनुपर्नेमा पाँच वटा बनाएर हस्तान्तरण भइसकेको र पाँच निर्माणाधीन रहेको, टिडिएजले पाँच प्रिफाइब भवन बनाउनुपर्नेमा चार वटा निर्माण भइसकेको, एड्रा नेपालले चार वटा बनाउने जिम्मा लिएकामा सबै बनाएर हस्तान्तरण भइसकेको र टिडिएजको नै सहयोगमा किर्डाक नेपालले सात वटा पक्की भवन बनाउनका लागि सन् १०१८ सम्ममा बनाइसक्नुपर्ने भन्ने सम्झौता रहेकामा काम शुरु भइसकेको छ ।
रासस

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार ००:००