१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय संरचना अनुसार अख्तियारका सातवटै प्रदेशमा प्रदेश कार्यालय



९ चैत, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ । यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए ।

संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उनले बताए । उनका अनुसार प्रदेश नं १ को इटहरी, प्रदेश नं बर्दिवास, प्रदेश नं २ को हेटौँडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल वा कोहलपुर, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको छ ।

ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उनले सर्वेक्षण पश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराए ।

आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि ५ वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००