१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख १ देखि रारा कर्णाली पर्यटन वर्ष



८ चैत, काठमाडौं ।
रारा कर्णाली पर्यटन वर्ष आगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । कर्णालीको इतिहास, सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई बाहिर ल्याउन पर्यटन वर्ष मनाउन लागिएको कर्णाली प्रदेश सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचार संयोजक दल रावलले बताए ।

प्राङ्गारिक कृषि तथा पर्यटनका कार्यक्रम क्रमशः अघि बढाइने पनि बताइएको छ । हाल वार्षिक रुपमा कर्णालीमा ५० हजार मात्र पर्यटक आउने गरेकामा अबको एक वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

रावलले भने, “नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि समयमा आवश्यक पूर्वाधार र सेवासुविधा उपलब्ध गराउन नसक्दा पर्यटकको आकर्षक केन्द्र बन्न सकेको छैन । मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी, काँक्रेविहार, मानसरोवर र नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थलका रुपमा रहेको कर्णाली प्रदेशलाई पर्यटकको केन्द्र बनाउनुपर्छ ।”

नेपाल पर्यटन बोडका कार्यकारी प्रमुख दीपकराज जोशीले त्यस स्थानमा पर्यटन प्रवर्द्धन गर्न स्थानीयवासीले सहयोग गरेमा बोर्डले सहयोग गर्ने आश्वासन दिए । कर्णाली प्रदेशका सहभागीले भौगोलिक रुपमा विकट सो प्रदेशमा लक्ष्यअनुरुप पर्यटक भित्र्याउन सबैभन्दा पहिले यातायातको सहज पहुँचका लागि पहल गरिनुपर्नेमा जोड दिएका थिए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००