८ चैत, पथरी– मोरङ ।
स्थानीय पथरी शनिश्चरे स्थित पिपलचोक भोटेघुम्ती स्थित गोही होलीमा पुल निर्माण हुने भएको छ । नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरेका हुन् ।
नगरपालिकाको नगर विकास योजनाअन्तर्गत ३५ लाख, उपभोक्ताबाट ५ लाख २५ हजार र जनश्रमदान बापतको ५७ हजार ४८१ गरी कूल ४० लाख ८२ हजार ४८१ को लागतमा पक्की पुल बन्ने भएको उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर थेगिमले बताए ।
रासस
प्रतिक्रिया