१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइयो



७ चैत, भक्तपुर ।
मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भ¥याङ भत्काइएको हो ।

सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिए । संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००