१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश तिनः स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण



२ चैत, हेटौँडा ।
प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा १० लाखको हुने जनाइएको छ । उपप्रमुखले ४० हजार र वडाध्यक्षले २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ ।

यस्तै उपमहानगरका प्रमुखले ४० हजार २०० र उपप्रमुखले ३५ हजार तलब पाउनेछन् भने वडाध्यक्षले २५ हजार पाउनेछन् । त्यस्तै, नगरपालिकाका प्रमुखले ३५ हजार, उपप्रमुखले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार, उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउने विधेयकमा उल्लेख छ ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००