१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा पुनःनिर्माणका लागि छलफल शुरु



२ चैत, काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसंग छलफल शुरु गरेको छ ।

नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाइएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरु डा हरिराम पराजुली, डा चन्द्रबहादुर श्रेष्ठ, धु्रवप्रसाद शर्मा, विष्णु भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख डुण्डुराज घिमिरे, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतको उपस्थिति थियो ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले निर्माण पूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने बताए ।

धरहरा पुनःनिर्माणको प्राविधिक पक्षबारे विज्ञ सदस्यसहित छिट्टै अर्को बैठकमा छलफल गर्ने सहमति भएको उनले सुनाए ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००