११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महेन्द्रनगर बसपार्क आधुनिकीकरणको कार्य अन्तिम चरणमा



१ चैत, कञ्चनपुर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्र्क आधुनिकीकरणको अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणको कार्य ९० प्रतिशत पूरा भएको छ ।

भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि नगर विकास कोषको ७ करोड ५० लाखको सहुलियत ऋणमा निर्माण कार्य भइरहेको हो ।

उक्त कोषले तीन वर्षअघि नै बसपार्कलाई आधुनिकीकरण गर्नका लागि बीस वर्षका लागि सहुलियत ऋण उपलब्ध गराउन स्वीकृति दिएको थियो ।

बसपार्कमा टर्मिनल, टिकट काउन्टर, पर्खाल, सुरक्षा पोस्ट, कार्यालय भवन, ग्रिन पार्क, ढल निकास, शौचालय, गाडी स्टाफका लागि रेस्ट रुम, चौकीदार भवन, गाडी सफा गर्ने वास सेन्टर, कालोपत्र गर्ने कार्य र फुटपाथ निर्माणको कार्य भइरहेको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए ।

बसपार्कबाहिर खोका छाप्रा रहेका ठाउँ खाली गरी त्यस ठाउँमा नगर बस र ट्याक्सी सञ्चालनका लागि मिनी बसपार्कसमेत निर्माण गरिने उनले जानकारी दिए । बसपार्कमा निर्माण भइरहेका भौतिक संरचना सबै पक्की ढलानका आधारमा निर्माण भइरहेको उनले बताए । बसपार्कमा एकै पटक चार सय बस पार्किङ गर्न सकिने छ ।

नगर विकास कोषको लगानीमा निर्माण भएका वीरगन्ज, चितवन, बुटवल लगायत क्षेत्रका बसपार्कको अवलोकन भ्रमणपछि बसपार्कको सो बसपार्कको नमूना तयार पारिएको हो । बसपार्क निर्माणको कार्य पुस महिनाभित्र सम्पन्न हुनुपर्नेमा केही विलम्ब भएको छ ।

नगरपालिकाका इन्जिनियर सिंहका अनुसार बसपार्क निर्माणको कार्य दुई महिना भित्रै पूरा हुनेछ । बसपार्क दुई बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको छ ।
रासस

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार ००:००