१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन



१ चैत, नुवाकोट ।
किस्पाङ गाउँपालिका–५ मनकामनास्थित मानेडाँडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) सञ्चालनमा आएको छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गराउन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

“साविक मनकामना गाविसमा दुई स्वास्थ्य चौकी भएपनि गर्भवती तथा सुत्केरी सेवा नहुँदा अन्यत्र जानुपर्ने बाध्यता थियो ।” लामाले भने, “पालिकाले आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो ।”

सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य चौकी निर्माण गर्न प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सेन्टरमा २४सैँ घण्टा सेवा दिने गरी हाल एकजना तालीम प्राप्त कर्मचारीको व्यवस्था गरिएको छ ।

भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण गर्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक दरबन्दीको सिर्जना र कर्मचारीको व्यवस्थापन, निःशुल्क औषधिको सहज उपलब्ध गराउन तथा स्वास्थ्य सेवा विस्तार एवं प्रभावकारी बनाउन प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।
रासस

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार ००:००