८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरमा विषयगत कामको बाँडफाँड



३० फागुन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले विषयगत कामको बाँडफाँड गरेको छ । बुधबार बसेको बैठकले नगर कार्यपालिकाको विद्यमान संगठन संरचनामा रहेका ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माका अनुसार जिम्मेवारी तोकिएका समितिमा सुशासन, वित्त, सामाजिक, विधायन, राजश्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् ।

सुशासन समिति संयोजकमा नवराज पराजुली— वडाध्यक्ष वडा नं ३२, वित्त समिति संयोजकमा शोभा सापकोटा— वडाध्यक्ष वडा नं १४, सामाजिक समिति संयोजकमा मुकुन्द रिजाल— वडाध्यक्ष वडा नं १६, विधायन समिति संयोजकमा हीरालाल तण्डुकार— वडाध्यक्ष वडा नं ११ र राजश्व समिति संयोजकमा नवीन मानन्धर— वडाध्यक्ष वडा नं १७ रहेका छन् ।

त्यसैगरी, पूर्वाधार समिति संयोजकमा दीपक केसी— वडाध्यक्ष वडा नं ३, वातावरण समिति संयोजकमा विकास डंगोल— वडाध्यक्ष वडा नं १२, भवन व्यवस्था समिति संयोजकमा चिनियाँमान बज्राचार्य— वडाध्यक्ष वडा नं २७, सूचना प्रविधि समिति संयोजकमा ईश्वरमान डंगोल— वडाध्यक्ष वडा नं १५, सम्पदा तथा पर्यटन समिति संयोजकमा न्हूच्छेकाजी महर्जन— वडाध्यक्ष वडा नं १८ र विपद् व्यवस्थापन समिति संयोजकमा नीलकाजी शाक्य— वडाध्यक्ष वडा नं २५ रहेका छन् ।

यसैबीच, बैठकले २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी असामयिक मृत्यु हुनेहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ००:००