८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुपोषित बालबालिकाको संख्या बढ्दै, सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिए



३० फागुन, सुर्खेत ।
कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् । चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् ।

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उनले जानकारी दिए । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् ।

आव २०७३/७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सिसुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ००:००