६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा



३० फागुन, बैतडी ।
खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालेका छन् ।

गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताइन् । उनले भनिन्, “कुवामा भएको पानी कसैले अनावश्यक रुपमा प्रयोग गर्न नपाओस् भनेर ताल्चा लगाउने गरेको हो”

गाउँमा भएको कुवामा पानी सुक्दै गएपछि सरसफाइ र गाईभैँसीका लागि भने खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वसन्ती ठगुन्नाले बताइन् । पानीको अभावमा शौचालयको प्रयोग गर्न नसकिएको तथा गाईभैँसीलाई पानी खुवाउन र सरसफाइका लागि खोला जानुपर्ने अवस्था रहेको उनले बताइन् ।

गाउँमा खानेपानी नहुँदा पानीका लागि भौतारिनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिसिंह ठगुन्नाले बताए । गाउँमा दुईवटा कुवा रहेका र दुबैमा पानी सुक्दै गएपछि स्थानीयवासीले ताल्चा लगाएर खानेपानी संरक्षण गर्ने गरेको पाटन नगरपालिका–५ का प्राविधिक सहायक वीरसिंह ठगुन्नाले बताए ।

‘ पानीको स्रोतको पहिचान गरी गाउँमा खानेपानी पु¥याउनका लागि पहल गर्न वडा कार्यालयले ५ लाख बजेट विनियोजन गरिसकेको समेत उनले बताए । हिउँद शुरु भएसंगै जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ । गाउँमा भएका कुवा तथा इनार सुक्दै गएपछि खानेपानीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकअनुसार ८० प्रतिशत नागरिकको खानेपानीमा पहुँच छ । तर अधिकांश बस्तीमा हिउँद शुरु भएसँगै खानेपानीको समस्या देखिन थालेको छ ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ००:००