५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङ बसपार्क निर्माण गर्न सम्झौता



२६ फागुन, बागलुङ वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए १० करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण हुने बसपार्कका लागी ९ करोड चार लाख ३९ हजार ऋण उपलब्ध गराउने छ ।

सरकारको तर्फबाट ७५ लाख ३६ हजार रुपैयाँ ऋण र नगरपालिकाको समपूरक कोषबाट २५ लाख १२ हजार रुपैयाँ बेर्होने सम्झौता भएको छ । यस्तै अनुदानतर्फ जर्मन विकास बैंकबाट १० लाख रुपैयाँ, नेपाल सरकारबाट १८ लाख ८९ हजार रुपैयाँ र नगरपालिका समपूरक कोषबाट १३ लाख रुपैयाँ विनियोजन गरिनेछ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क बन्न सकेको थिएन । बसपार्क बनाउन स्थानीयवासीले ७० करोड पर्ने जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क बनाउने योजना अवरुद्ध हुँदै आएको थियो । तीन वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थितरुपमा अस्थायी बसपार्क सञ्चालित छ । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ००:००