२५ फागुन, हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका कर्मचारीलाई हीनताबोध त्यागेर जनताप्रति सेवाभावले काम गर्न निर्देशन दिएका छन् ।
कर्मचारी मिलन केन्द्र नेपालद्वारा आयोजित स्थानीय निकायमा कार्यरत कर्मचारीको भेलालाई सम्बोधन गर्दै स्थानीय तहका कर्मचारीका लागि सेवाको प्रत्याभूति एवं वृत्तिविकासमा प्रदेश सरकारले गृहकार्य गरिसकेको जानकारी दिए ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राईले कर्मचारीलाई सेवामुखी भावनाले काम गर्न आग्रह गरे । कर्मचारी मिलन केन्द्रका अध्यक्ष विक्रम महर्जनले सबै स्थानीय तहका ज्यालादारी, अस्थायी र करार सेवाका कर्मचारीको जागिरको स्थायित्व र वृत्तिविकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
रासस
प्रतिक्रिया