२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाबारे गृहकार्य



२५ फागुन, ललितपुर ।
सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले ६ महिनाभित्र पात्रोमा आधारित भएर नयाँ शिक्षा नीति र कार्ययोजना बन्ने जानकारी दिए ।

“सामान्य विषयमा ३० र प्राविधिक विषयमा ७० प्रतिशत हुने गरी हामीले तयारी गरिरहेका छौँ,” उनले भने, “सीपमुलक र व्यवहारिक शिक्षा सरकारको प्रथामिकतामा छ ।” सरकारको योजनामा सहयोग गर्न उनले निजी विद्यालयहरूलाई आग्रह गरे ।

हात्तीवनस्थित लिटिल एञ्जल्स माविमा शुरु भएको दुईदिने साधारणसभामा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रमुख सल्लाहकार लक्ष्यबहादुर केसीले निजी विद्यालय सरकारलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले निजी विद्यालयले शिक्षाका नाममा पैसा विदेश जानबाट रोकेको बताए । प्याब्सनका सल्लाहकार भोजबहादुर शाहले विगत गर्व गर्नलायक भए पनि वर्तमान चुनौतीपूर्ण रहेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ संविधानले शिक्षाको जिम्मेवारी स्थानीय निकायलाई दिएको बताए ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००