२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

लेखक स्थानीय खबर २५ फाल्गुन २०७४, शुक्रबार १ मिनेट पढाइ

२५ फागुन, जाजरकोट ।
स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दीए ।

स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए पनि चिकित्सक नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरेदेखि ल्यावसम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचार पाउन सकेका छैनन् ।

चिकित्सक नहुँदा यस क्षेत्रमा शव परीक्षणका काम समेत अवरुद्ध हुँदै आएको छ । जाजरकोट सदरमुकामबाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न दुई दिन लाग्ने गर्दछ ।

साविकका चार गाविसको लागि एउटा मात्र सुविधासम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयवासी आक्रोषित भएका हुन् । टेलिफोन, विद्युत्, सडक र बैंक जस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन् ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।