११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय



प्रकाश सिलवाल
२३ फागुन, काठमाडौं ।
सत्तारुढ नेकपा एमाले को स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन्द्र संगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने देखिन्छ ।

उपराष्ट्रपतिमा केन्द्रले उम्मेदवार तोक्नेछ ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए ।

बैठकअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसंग परामर्श गरेका थिए । बरिष्ठ नेता खनाल पनि राष्ट्रपतिका लागि चर्चामा थिए ।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा बहश चलेपनि अन्ततः भण्डारीका पक्षमा निर्णय भएको छ ।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००