६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कठौनामा ग्लोबल आइएमई बैंकको शाखा



२० फागुन, लहान ।

ग्लोबल आइएमई बैंकले सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारमा ७४औँ शाखा स्थापना गरेको छ ।

बैंकको शाखाको आज एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरी र ग्लोबल बैंकका विप्रेषण तथा क्रेडिट कार्ड प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त शाखाबाट हाल खाता खोल्ने, बचत गर्ने, रकम ट्रान्सफर लगायत सेवा उपलब्ध गराउने ग्लोबल आइएमई बैंकका प्रविणविक्रम शाहीले जानकारी दिए । भविष्यमा एटिएम लगायत सेवासमेत उपलब्ध गराउने योजना रहेको उनले बताए ।

नगरप्रमुख चौधरीले नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने लक्ष्य लिएकाले सहज रुपमा खाता खोल्ने वातावरण बनाउन बैंकका कर्मचारीलाई आग्रह गरे ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००