२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुर नगरपालिकाको पोखरी वजारमा वाणिज्य बैंकको एक्स्टेन्सन शाखा

लेखक स्थानीय खबर १९ फाल्गुन २०७४, शनिबार १ मिनेट पढाइ

१९ फागुन, संखुवासभा ।
यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका ३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गरे ।

प्रदेशसभाका सदस्य तुलसीप्रसाद न्यौपानेले उद्यमी, व्यापारी र किसानले व्यवसायी र उद्यमशील बनेर जीवनस्तर उकास्न बैंकले सहयोग गर्ने धारणा राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार जोशीले ११८औँ एक्सटेन्सन शाखाका रुपमा रहेको सो वाणिज्य बैंकबाट बैंकिङ कर्जा सेवाबाहेक सम्पूर्ण सेवा सुविधा दिइने जानकारी दिए ।

जोशीका अनुसार राष्ट्रिय वाणिज्य बैंक चैनपुरले ४२ करोड कर्जा प्रदान गरेकामा २२ करोड बजारवासीले लिएका छन् ।
रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।