२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाहिरी जिल्लाका मानिसलाई केरुङ जान रोक



१७ फागुन, रसुवा ।
बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन् ।

प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङका अनुसार बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले पाउने परिचयपत्र प्राप्त गरी केरुङबाट गैरकानुनी सामान आयात गर्न थालेका कारण यस्ता कार्य रोकी रसुवाको प्रतिष्ठा उच्च पार्न नवप्रवेशीको बसाइँ सराइ प्रमाण रोकी विगतमा वितरण भएका परिचयपत्र रद्द गराउने यहाँका जननिर्वाचित प्रतिनिधिले निर्णय गरेका हुन् ।

तातोपानी नाका बन्द भएपश्चात् २०७२ मंसिर १५ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने परिचयपत्र बसाइँ सराइका आधारमा पाउनेको संख्या दुई सयको हाराहारीमा रहेको अध्यागमन कार्यालय, रसुवागढीले जनाएको छ ।

चार आना जग्गा खरिद गरेको भरमा अध्यागमन कार्यालयले प्रदान गर्ने सीमापारको परिचयपत्र प्रदान कार्य बन्द गराउने र प्रदान भएका परिचयपत्र रद्द गराउने प्रक्रिया अगाडि बढाउन रसुवा जिल्लाका पाँच गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य मोहन आचार्य प्रदेश सभासद्द्वय प्रभात लामा र प्रेमबहादुर तमाङ समेतको सहभागितामा यस्तो निर्णय भएको र जनप्रतिनिधिले गरेको निर्णय कार्यान्वयन गराएरै छोड्ने जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।
रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार ००:००