१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खैरहनी नगपालिका– ४ का वडाध्यक्षको दुर्घटनामा मृत्यु, फरार चालक पक्राउ



७ फागुन, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाको वडा नं. ४ का अध्यक्ष नरेन्द्र अधिकारीको दुर्घटनामा परि मृत्यु भएको छ । चितवनकै अर्को नगरपालिका रत्ननगरमा सवारी दुर्घटना हुँदा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको छ ।

रत्ननगर–३ शान्तिचोकमा गएराति सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीलाई चितवन मेडिकल कलेजमा उपचारका लागी भर्ना गरेका थिए । उपचारका क्रममा सोमबार विहान अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

गएराति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो । खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार ००:००