१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम जाेड्ने सडक प्राथमिकतामाः मुख्यमन्त्री पाैडेल



६ फागुन, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताए ।

नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गरेका छन् । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार ००:००