१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मीनभवनको आलोकनगर फोहरमुक्त



६ फागुन, काठमाडौं । मीनभवनको आलोकनगर फोहोरमुक्त टोल घोषणा भएको छ । टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा णा गरिएको हो ।

फोहोरमुक्त भएको काठमाडौं महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरको ठाउँ–ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी दिए ।

तस्बिरः रासस

अभियान गत पुस २७ गते शुरु भएको थियो । “डोकोमा जम्मा पारेर राखिएको फोहर महानगरपालिकाले नउठाउँदा भने समस्या परेको छ,” उनले भने, “टोलवासीले उठाइदिएको फोहोर पनि महानगरले व्यवस्थापन गर्न सकेन ।”

आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइमा उदाहरणीय काम गरेपछि अभियानले आज उनीहरुलाई ३० वटा डष्टबिन हस्तान्तरण गरेको छ । डष्टविन हस्तान्तरण गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिए ।

“अब सार्वजनिकस्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ । राजधानीलगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ,” पण्डितले भने, “प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन् । यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु ।” रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार ००:००