१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुलाकी सडकअन्तर्गत सिरहाखण्डकाे निर्माण कार्य तिब्र



४ फागुन, लहान ।
हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ ।

सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका– ४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिए । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै निर्माण पूरा हुने उनको भनाइ छ ।

हुलाकी सडक निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ । यस अघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए ।

निर्माण शुरु भएसंगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ । सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन् ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००