१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेइस लाख खर्चेको सिँचाइ योजना ५ वर्ष टिकेन



४ फागुन, जाजरकोट ।
२३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना ५ वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका– ८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।

स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् ।

लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा ५ वटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले योजना निर्माण गरिएको थियो ।

योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताए । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफामुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो बन्न नसकेको विकको भनाइ छ ।

योभन्दा अगाडि यही ठाउँमा विश्व खाद्य कार्यक्रमबाट लाखौको योजना निर्माण भई सञ्चालनमा आएको १ वर्ष नबित्दै भत्किएको थियो । योजनाका पाइपहरु चोरी हुँदा पोखरी माटोले पुरिएको छ ।

पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने स्टिमेटमा भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ । पोखरी मात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ताहरु बताउँछन् ।

अहिले पुरै गाउँ सिँचाइको अभावमा समस्यामा परेको छ । तीन वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो बन्न नसकेको स्थानीयवासी बताउँछन् । अहिलेसम्म ३ वटा योजना सिँचाइकै परेका छन् । ती सबै योजनाका उपभोक्ता समितिका अध्यक्ष समेत एकै जना मात्र रहेका छन् ।
रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००