९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जैमिनी नगरपालिका भित्रका सडक विस्तार गरिँदै



१ फागुन, बागलुङ ।
जैमिनी नगरपालिका भित्रका सडक विस्तार गर्ने कार्य शुरु भएको छ । नगरका सबै वडासम्म जोडिएका मुख्य सडकलाई सात मिटर चौडा गर्न लागिएको हो ।

सडक विस्तारसँगै नाली, पर्खाल लगायत पूर्वाधार निर्माण भइरहेको छ । अव्यस्थित सडकले दुर्घटनाको जोखिम बढाएका कारण सडकको स्तर वृद्धि योजना नगरपालिकाले अघि बढाएको छ ।

चालु आवमा १ करोड भन्दा बढी बजेट सडकका लागि छुट्ट्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले बताए । कुश्मीसेरा–दमेक–पैँयूथन्थाप–राङखानी हुँदै बरेङ गाउँपालिका जोड्ने सडक सुधारको लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, कुश्मिसेरा–सर्कुवा–व्याडथला हुँदै बरेङ गाउँपालिका जोड्ने अर्को सडकलाई ४० लाख ८० हजार बजेट छुट्ट्याइएको छ । दुबै सडक स्तरवृद्धिका लागि लागत योजना तयार गरेर काम शुरु गरिएको सुवेदीले बताए । “साँधुरा र जीर्ण सडक सुधार गरेर बाह्रैमास चल्ने बनाउँदैछौ,” उनले भने ।

नगरभित्र नयाँ सडक मापदण्ड पु¥याएर मात्र खोलिने छ । सडक चक्लाएर ठूला सवारी साधन गुडाउने योजना रहेको जैमिनी नगरपालिका– ९ का वडाध्यक्ष भगिन्द्रकुमार थापाले बताए । नियमित मर्मतसुधार नुहँदा ग्रामीण भेगका अधिकांश सडक जीर्ण अवस्थामा छन् ।

नगर प्रमुख इन्द्रराज पौडेल भएका सडकलाई स्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको बताउछन् । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई सडक सञ्जालसँग जोड्ने योजना बनाएको छ । आगामी २ वर्षभित्र नगरभित्रका ८० वटै विद्यालय सम्म सडकको पहुँच पु¥याइने पौडेलले बताए ।
रासस

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार ००:००