१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने



२२ माघ, बाजुरा ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा बाजुरामा पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बीमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।

जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बीमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पु¥याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताए ।

स्वास्थ्य बीमा कार्यक्रमले एक घरका पाँच जनाको परिवाले दुई हजार ५०० तिरेमा वर्षभरि सरकारले बिरामीको उपचारका लागि ५० हजार सहयोग गर्ने व्यवस्था रहेको संयोजक बोहराले जानकारी दिए ।

बीमाले आकस्मिक बिरामी मात्र नभई अन्य समयमा कुनै बीमाकर्ता बिरामी भए सरकारले छनोट गरेको स्वास्थ्य कार्यालयमा निःशुल्क उपचारका साथै कम पैसामा उपचार गर्न पाइने जनस्वास्थ्य अधिकृत कुँवरले बताए । जिल्लामा बीमा सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।

स्वास्थ्य बीमाले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवा उपयोगका क्रममा हुनसक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै आर्थिक जोखिम व्यवस्थापन गर्ने बीमाको उद्देश्य छ ।

स्वास्थ्य बीमा कार्यक्रमले आमा सुरक्षा कार्यक्रमसँगै सरकारले आव ०६८÷०६९ बाट लागू भएको कार्यक्रम सरकारले आव २०७२÷०७३ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

हालसम्म स्वास्थ्य बीमा सञ्चालन भएको जिल्लाबाट चार लाख ५१ हजार जनाले स्वास्थ्य बीमा गरेको बताइएको छ भने बीमाबाट १५ करोड ८ लाख १३ हजार संकलन भएको छ ।
रासस

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ००:००