१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने



२२ माघ, उर्लाबारी– मोरङ ।
प्रदेश नं १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज ९सोमबार० बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको हो । प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् ।

उनीहरूबीच सहमतिको प्रयास सम्भव नभएपछि अन्ततः निर्वाचन नै हुने भएको हो । प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् ।
रासस

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ००:००