१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले र माओवादी केन्द्रको बैठकः राष्ट्रियसभा निर्वाचनमा केन्द्रित



१५ माघ, काठमाडौं ।
नेकपा एमाले र माओवादी केन्द्र का शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान भएको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिए । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ ।

यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी थिए ।

अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो । यसैबीच कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन, पार्टी एकताबारे छलफल गर्न मंगलबार बिहान १० बजे एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
रासस

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ००:००