१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै



१५ माघ, मंगलबारे– इलाम ।
इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ ।

सो पुलका लागि ३ करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका १० स्थानमा ती पुल बनाउन स्थानीयस्तरमा उपभोक्ता समिति गठन भइसकेका छन् ।

सव–इञ्जिनियर सुब्बाका अनुसार सूर्योदय र इलाम नगरपालिकामा एक एक वटा, सन्दकपुर गाउँपालिकामा ३ वटा, फाकफोकथुम र रोङ गाउँपालिकामा दुई दुई वटा तथा माइजोगमाई गाउँपालिकामा एउटा पुल निर्माण हुनेछन् ।

सूर्योदय नगरपालिकाको गोर्खे र पशुपतिनगर जोड्ने मयुँ खोलामा मयुँघाट झोलुङ्गे पुल ३६ लाख ३४ हजारको लागतमा निर्माण हुनेछ । त्यस्तै इलाम नगरपालिका–३ को साविक पुवामझुवा गाविस वडा नम्बर ३ र ६ जोड्ने सानो पुवाखोलामा भागेटार झोलुंगे पुल २३ लाख १८ हजारमा निर्माण हुनेछन् ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस र झापाको शान्तिनगर जोड्ने ठोट्ने टिमाइ खोलामा प्युरे झोलुंगे पुल ४५ लाख ७८ हजारमा निर्माण हुने भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाको मावु र माईमझुवा जोड्ने माइखोलामा दुई स्थानमा (चौडा दोभान झोलुंगे पुल र लिम्बूबारी झोलुंगे पुल) निर्माण हुने भएका छन् । त्यहाँ चौडा दोभानका लागि २८ लाख ४८ हजार र लिम्बूबारीका लागि २६ लाख ५८ हजार बजेट छुट्टयाइएको छ ।

सन्दकपुर गाउँपालिकाकै साविक जमुना गाविस ३ र मावु गाविस ६ जोड्ने धुँवा खोलामा खुदी झोलुंगे पुल ३३ लाख १६ हजारको लागतमा निर्माण हुने भएको हो । यता फाकफोकथुम गाउँपालिकाको फुँएतप्पा र लुम्दे जोड्ने थावा खोलामा रिठ्ठाबोटे झोलुंगे पुल निर्माण हुने भएको छ ।

उक्त पुलका लागि ४० लाख ८२ हजार बजेट रहेको छ । त्यसैगरी साविक जोगमाई गाविस वडा नम्बर ६ को बीचमा पर्ने ठोट्ने खोलामा चैतेदोभान झोलुंगे पुल ४३ लाख ८४ हजारको लागतमा बन्ने भएको छ ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस ६ र जिर्मले गाविस ९ जोड्ने तेलपानी खोलामा पनि पुल बन्नेभएको छ । ७१ लाख तीन हजारको लागतमा बन्ने उक्त पुल झोलुंगे नभएर सस्पेन्सन बृज हुने जनाइएको छ ।
रासस

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ००:००