५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकामा व्यवस्थित सडक बन्दै



१३ माघ, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक मर्मत तथा निर्माणका कामलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

नगरमा सडक निर्माणका काममा रोडा योजना तीव्रताका साथ अघि बढाइएको छ । ग्राभेल योजना १ देखि १७ वडामै सञ्चालन हुने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । नगरसभाले सडक रोडा योजनाका लागि चालु आवमा ७ करोड ९० लाख विनियोजन गरेको छ ।

कतिपय वडामा रोडा बिछ्याउने काम सकिएको छ भने कतिपयमा सञ्चालन भइरहेको छ । वडा समितिले निर्धारण गरेको प्राथमिकताका आधारमा सडकमा रोडा राखिँदैछ । नगरपालिकाले योजनाको जिम्मेवारी वडा समितिलाई प्रदान गरेको छ । यस वर्ष झण्डै ४०० साना ठूला बाटामा रोडा राखिने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडामा उपभोक्ता समिति गठन गरेर योजना अघि बढाइएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् । नगरपालिका क्षेत्रमा पर्ने तिनाउ नदी तथा सुखौरा खोलाका रोडाबाट काम भएको छ । यसअघि कालोपत्र गरिएका तर अहिले जीर्ण भएका सडक पनि विस्तारै व्यवस्थित हुँदै जाने नगरपालिकाले जनाएको छ ।

जीर्ण भएका यस्ता सडकको मर्मतसम्भार गर्न ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाले यसमा सघाउन यस क्षेत्रबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई आग्रह गरिसकेको छ । नगर प्रमुख घिमिरेले तत्कालै मर्मत सम्भार नगरी नहुने जीर्ण सडकको मर्मत सम्भार गर्न १२ करोड जति बजेट आवश्यक देखिएको बताए ।
रासस

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ००:००